News आयोजक सल्यानटारलाई यु–२१ फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

त्रिपुरासुन्दरी । सल्यानटार युवा विकास समाजद्वारा आयोजित १०औं त्रिपुरासुन्दरी गाउँपालिका वडा स्तरीय यु–२१ सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि आयोजक सल्यानटार युवा विकास समाजले नै जितेको छ ।

फाइनल भिडन्तमा सल्यानटारले डाँडागाउँलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । सल्यानटारको जितमा होम दरैले दुवै गोल गरे भने उता डाँडागाउँका लागि इसान गिरीले गोल फर्काएका थिए । उनले पेनाल्टीमार्फत गोल फर्काएका थिए ।

त्यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा सल्यानटारले पोखरा युवा क्लबलाई टाईब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै दोस्रो सेमीफाइनलमा डाँडागाउँ युवा क्लबले त्रिपुरासुन्दरी छापथोक युवा क्लबलाई ५–० को अन्तरले हराउँदै फाइनल पुगेको थियो ।

विजेता बनेको सल्यानटारले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्यो भने उपविजेता डाँडागाउँले १५,५५५ रुपैयाँमा चित्त बुझायो । सल्यानटार युवा विकास समाजको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल २१ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments