News प्रथम कालिका कपको खेलतालिका सार्वजनिक
सुरज राना मगर

चितवन । शुभ दिपावली तथा छठ पर्वको अवसरमा मनो गिरी स्मृति प्रथम कालिका कप नकआउट फुटबल प्रतियोगिता यहि असोज २२ गतेदेखि शुरु हुने भएको छ । श्री आयाम युवा समाज, कालिका नगरपालिका–३, पदमपुर, चितवनको आयोजनामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

बनकट्टा खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा असोज २२ गतेका दिन बर्मा युवा क्लब र कालिका युवा समाज भिड्ने छन् । आउँदो कार्तिक ६ गतेसम्म चल्ने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments