News प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप असोज २१ गतेदेखि
गोलनेपाल

राप्ती । पिप्ले युवा समाज, राप्ती नगरपालिका–१, पिप्ले, चितवनको आयोजनामा यहि असोज २१ गतेदेखि प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको बताउँदै आयोजकले खेलतालिका पनि सार्वजनिक गरेको छ ।

पिप्ले खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा असोज २१ गतेका दिन केबिए ग्लोबल भरतपुर एफसी र निगढ युथ क्लब, बारा भिड्ने छन् । विभिन्न जिल्लाका कुल १६ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भने कार्तिक ५ गतेका दिन हुनेछ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय, बागमती प्रदेश , हेटौडा संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments