News च्यासल र मनाङको समान अन्तरको जित
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार भएका दुई खेलहरुमा च्यासल युथ क्लब र साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले साँघुरो जित हात पारेका छन् ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङले यस सिजन लिगमा संघर्षरत सरस्वती युथ क्लबलाई १–० ले हरायो भने दोस्रो खेलमा च्यासल युथ क्लबले ब्रीगेड ब्वाईज क्लबलाई समान १–० ले हरायो ।

पहिलो खेलमा मनाङका लागि ४६औं मिनटमा बिमल रानाले एक मात्र निर्णायक गोल गरे । यो जितपछि ८ खेलबाट १६ अंक जोडेको मनाङ लिगतालिकाको तेस्रो स्थानमा छ । उता पराजित सरस्वती भने १ अंकका साथ पुछारमा छ ।

त्यसैगरी शुक्रबार नै भएको दोस्रो खेलमा च्यासलका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा सन्तोष साहुखलले एक मात्र निर्णायक गोल गरे । यो जितपछि ८ खेलबाट ९ अंक जोडेको च्यासल नवौं स्थानमा छ । उता पराजित बीबीसी भने ८ अंकका साथ ११औं स्थानमा छ ।

 

Post Comments