News महिला फुटबलमा प्रदेश १ को पहिलो जित
गोलनेपाल

वालिङ । यहाँ जारी राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ प्रदेश १ ले समूह चरणमा आफ्नो जित दर्ता गरेको छ । वालिङ खेलमैदानमा सम्पन्न समूह सी तर्फको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशमाथि २–१ को जित निकालेको हो ।

प्रदेश १ को जितमा अन्जना राई र अनिता गुरुङले गोल गरिन् । त्यस्तै उता पराजित गण्डकीका लागि शान्ति नेपालीले एक मात्र गोल फर्काईन । स्मरण रहोस, समूह चरणको आफ्नो पहिलो खेलमा प्रदेश १ ले एपिएफसँग ७–१ को हार बेहोरेको थियो भने गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० ले हराएको थियो ।

 

 

Post Comments