News बागमती प्रदेशको फराकिलो जित
गोलनेपाल

वालिङ । राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ समूह ए मा रहेको बागमती प्रदेशले शनिबार फराकिलो जित दर्ता गरेको छ । पहिलो खेलमा पुलिससँग निराश बनेको बागमतीले शनिबार लुम्बिनी प्रदेशमाथि ७–० को फराकिलो जित दर्ता गर्यो । समूह ए को अन्तिम खेलमा अब आइतबार पुलिस र लुम्बिनी प्रदेश भिड्ने छन् ।

प्रतियोगिता अन्तरगत आइतबार चार खेलहरु हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेश भिड्नेछन् भने दोस्रो खेलमा पुलिस र लुम्बिनी प्रदेश आमने सामने हुनेछन् । तेस्रो खेलमा एपिएफले गण्डकी प्रदेशको सामना गर्नेछ भने चौथो खेलमा प्रदेश १ र कर्णाली प्रदेश भिड्ने छन् ।

 

 

Post Comments