News महिला फुटबलमा आर्मी र पुलिसको सहज जित
गोलनेपाल

वालिङ । राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ पदकका दावेदार दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले सहज जित हात पारेका छन् ।

वालिङ खेलमैदान, स्याङ्जामा सम्पन्न समूह बी तर्फको अन्तिम खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ११–० को फराकिलो अन्तरले हरायो । यो जितसँगै आर्मी सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भयो ।

वालिङ खेलमैदान मै भएको समूह ए तर्फको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमाथि १०–० को जित निकाल्यो । यो जितसँगै पुलिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत असोज ३१ गते सोमबार पनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह सी तर्फ एपिएफले घरेलु टोली गण्डकी प्रदेशको सामना गर्नेछ भने दोस्रो खेलमा प्रदेश १ र कर्णाली प्रदेश भिड्ने छन् ।

Post Comments