News महिला फुटबलमा आर्मीलाई काँस्य पदक
गोलनेपाल

वालिङ । राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले काँस्य पदकमा चित्त बुझाएको छ । बिहीबार वालिङ रंगशालामा भएको तेस्रो स्थानको खेलमा आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो अन्तरले हराउँदै काँस्य जित्न सफल भएको हो ।

स्मरण रहोस, सेमिफाइनलतर्फ आर्मीले अर्को विभागीय टोली एपिएफसँग १–० को हार बेहोरेको थियो भने प्रदेश १ ले नेपाल पुलिस क्लबसँग पराजय बेहोरेको थियो । त्यस्तै स्वर्ण र रजत पदकका लागि एपिएफ र पुलिस बिहीबार नै वालिङ खेलमैदानमा फाइनलका लागि आमने सामने हुँदैछन् ।

 

Post Comments