News शनिश्चरेलाई खुला आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

झापा । गौरादह–९, बैगुन्धुरामा सम्पन्न खुला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे एफसीले, झापाले जितेको छ । श्री अमर माविको खेलमैदानमा सम्पन्न फाइल भिडन्तमा शनिश्चिरेले जहदा एफसी, मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजेता बनेको हो ।

विजेता बनेको शनिश्चरेले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता जहदाले ३१ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच शनिश्चरेका निमा लिम्बु घोषित भए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी शनिश्चरे कै देवेन्द्र तामाङ चुनिए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी किरण भट्टराई लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए । गतिशिल युवा क्लबको आयोजनामा कार्तिक १ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments