News
आयोजक बनदेवी माई सेमिफाइनलमा
बटेश्वर । आयोजक बनदेवी माई युवा क्लब, सीतापुर, धनुषा यहाँ जारी १३औं बनदेवी माई अध्यक्ष गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ बनदेवीले गोलबजार युनाइटेड एफसी, सिरहालाई १-० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
बनदेवीको जितमा अभय लामाले एक मात्र निर्णायक गोल गरे । खेलको निर्णायक गोलकर्ता अभय लामा नै म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत कार्तिक ६ गते कुनै खेल नरहेको र कार्तिक ७ गते हुने चौथो क्वाटरफाइनलमा बिरगंज युनाइटेड, पर्सा र न्यु शिवशक्ती युवा क्लब, सिन्धुली बीच हुने आयोजकले जानकारी दियो ।
बनदेवी माई युवा क्लब, बटेश्वर गाउँपालिका–२, सीतापुर, धनुषाको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र उपबिजेताले ५५ हजार प्राप्त गर्नेछ ।
Post Comments