News आयोजकलाई स्तब्ध पार्दै जनसेवी फाइनलमा
गोलनेपाल

बटेश्वर । जनसेवी फुटबल क्लब, बर्दिबास यहाँ जारी १३औं बनदेवी माई अध्यक्ष गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा जनसेवीले आयोजक बनदेवी माई युवा क्लब, धनुषालाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । जनसेवीको जितमा आदित्य शाक्य र शिशिर लेखीले गोल गरे भने बनदेवी माईका लागि अनिल मगरले गोल गरेका थिए ।

पराजित आयोजक बनदेवीका अनिल मगर खेलको म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत कार्तिक ९ गते आइतबारको दोस्रो सेमिफाइनल खेल बिरगंज युनाइटेड, पर्सा र धनुषा जिल्ला फुटबल संघ, धनुषाबीच हुने आयोजकले जानकारी दियो ।

बनदेवी माई युवा क्लब, बटेश्वर गाउँपालिका–२, सीतापुर, धनुषाको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र उपबिजेताले ५५ हजार प्राप्त गर्नेछ ।

Post Comments