News बिर्तामोड सेमिफाइनलमा प्रवेश
रमेश समदर्शी

शनिश्चरे । झापाको अर्जुनधारा १० स्थित कालिस्थान माविको खेलमैदानमा जारी एन्फा रेफ्री स्व. खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा मंगलबारको खेलमा बिर्तामोड युनाइटेड विजयी भएको छ । जितसँगै बिर्तामोड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने बिर्तामोड दोस्रो टोली हो । 

झापाको ८ टिम सहभागी प्रतियोगितामा स्पर्धी दमकको गोर्खा स्पोर्टिङ क्लबलाई २-० गोलले पराजित गर्दै बिर्तामोड युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो । उसका लागि दुवै आशिष चापागाईंले गरेका हुन् । 

खेलको २३औँ मिनेटमा उत्कृष्ट गोल गर्दै आशिषले टिमलाई अग्रता दिलाएका थिए । उनैले खेलको ६२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएर टिमलाई सेमिफाइनलमा प्रवेश गराए । प्रतिस्पर्धात्मक खेलमा उनी म्यान अफ दी म्याच घोषित हुँदै नगद १५ सय पाउन सफल भए । 

मनास्लु युवा क्लब शनिश्चरेको आयोजनामा भएको प्रतियोगिताको भोलिको खेल सताक्षीधाम स्पोर्टिङ क्लब र शनिश्चरे एफसीबीच हुनेछ । २०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको छ ।

 

 

 

विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउनेछ । त्यस्तै, ५ विधाका खेलाडीले जनही २ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद १५ सय पाउने छन् ।

Post Comments