News प्रथम रोनिन खुला फुटसल हुँदै
सुरज राना मगर

काठमाडौं । द समरिटन्सको आयोजनामा आउँदो मंसिर १० र ११ गतेका दिन प्रथम रोनिन खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि शुरु भईसकेको खेल संयोजक फ्रान्सिस गुरुङले जानकारी दिए ।

साथै प्रतियोगितामा सहभागिता जनाउनका लागि टिमदर्ता पनि खुला गरिएको संयोजक गुरुङले बताए । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि उनले जानकारी दिए ।

धापाखेल स्थित ग्रेस फुटसलमा हुने प्रतियोगितामा २० भन्दा टोलीहरुको सहभागिता रहने अपेक्षा गरिएको प्रचार प्रसार संयोजक रोहित गिरीले बताए । गिरीका अनुसार टिमदर्ता खुला भईसकेकाले बढी भन्दा बढी टिमहरुको सहभागिता रहने विश्वास उनले व्यक्त गरे ।

क्युबिस किचन र रोनिन मर्चको प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक फ्रान्सिस गुरुङले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले बताए ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments