News जुनियर गल्र्स फुटसल शुक्रबार
गोलनेपाल

काठमाडौं । नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गल्र्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार हुने भएको छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाएका छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।

आयोजकले विगतमा शिक्षकको फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटकदेखि गल्र्स फुटसललाई निरन्तता दिने उद्देश्यसाथ फुटसल आयोजना गरेको बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरु खहरेस्थित पाणेनी फुटसलमा हुनेछ ।

Post Comments