News बेल्जियम बाहिरियो, क्रोएशिया र मोरक्को नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपतर्फ गत संस्करणको तेस्रो स्थान हासिल गरेको टोली बेल्जियम समूह चरणबाटै बाहिरिएको छ । समूह एफ तर्फ निर्णायक मानिएको खेलमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि बेल्जियम समूह चरणबाटै बाहिरिन बाध्य भएको हो ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा क्रोएशियासँग गोलरहित बराबरी खेलेपछि बेल्जियमको यात्रामा पूर्णविराम लागेको हो । बेल्जियमलाई नकआउट चरणमा पुग्न निश्चित जितको खाँचो थियो भने क्रोएशियालाई बराबरी गरे पनि पुग्ने थियो । यो नतिजापछि ३ खेलबाट ४ अंक मात्र जोडेको बेल्जियम तेस्रो स्थानमा रहन पुग्यो ।

बेल्जियमसँग बराबरी खेलेको क्राएशिया ५ अंकका साथ दोस्रो स्थानमा रहेर समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । सोही समूहको अर्को खेलमा क्यानडामाथि १–२ को जित निकालेको मोरक्को ७ अंकका साथ समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । एउटै खेल जित्न नसकेको क्यानडा पुछारमा रह्यो ।

 

Post Comments