News महोत्तरीमा पुष पहिलो सातादेखि प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने
गोलनेपाल

गौशाला । विरता स्पोर्टस क्लब, गौशाला, महोत्तरीको आयोजनामा आउँदो पुष २ गतेदेखि प्रदेशस्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको छ । गौशाला नगरपालिका–४ स्थित विरता खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । कुल १६ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अशोक महतोले जानकारी दिए ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष महतोले बताए । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सबेको साथ, सहयोग र सुझावको अपेक्षा गरिएको पनि महतोले बताए ।

Post Comments