News सेन्ट जेभियर्स, भक्तपुरन निस्ट र नेपाल डन बस्को क्वाटरफाइनलमा
गोलनेपाल

ललितपुर । सेन्ट जेभियर्स स्कुल, झापा, भक्तपुर निस्ट स्कुल र नेपाल डन बस्के स्कुल यहाँ जारी २५औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह बी तर्फ सेन्ट जेभियर्सले डल्फिन इङलिस सेकेण्डरी स्कुल, गोदावरीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै समूह बी को उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सेन्ट जेभियर्सका लागि आरव आचार्य, आरोन आचार्य र प्रज्य तामाङले एक–एक गोल गरे । खेलमा पराजित डल्फिन स्कुलका युकेश तामाङ प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै दिनको दोस्रो खेलमा समूह सी तर्फ भक्तपुर निस्ट र क्रिसेन्ट एकेडेमी स्कुल, गोदावरीले १–१ गोलको बराबरी खेले । भक्तपुर निस्टका लागि स्यारोन कटुवालले गोल गरे भने क्रिसेन्टका लागि सिद्धार्थ घलेले गोल गरे । घले नै खेलको प्लेयर अफ द म्याच पनि चुनिए । यो नतिजापछि समूह सी बाट उपविजेताका रुपमा भक्तपुरन निस्ट क्वाटरफाइनलमा प्रवेश गर्यो ।

त्यसैगरी दिनको तेस्रो खेलमा समूह डी तर्फ नेपाल डन बस्कोले गोदावरी रेसिडेन्सियल स्कुललाई ८–० को फराकिलो अन्तरले हरायो र समूह विजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गर्यो ।

नेपाल डन बस्कोका लागि आयुष तामाङले चार गोल गरे । त्यस्तै सुरेश तामाङले दुई गोल गरे भने रोजक महर्जन र रुपसन नेपालले समान एक–एक गोलको योगदान दिए । खेलमा नेपाल डन बस्कोका सुरेश तामाङ प्लेयर अफ द म्याच घोषित भए ।

सेन्ट जेभियर्स स्कुल, गोदावरी, ललितपुरको आयोजनामा जारी प्रतियोगिता आउँदो सोमबार चल्नेछ । प्रतियोगितामा कुल १६ विद्यालयहरुले सहभागिता जनाएका छन् ।

 

Post Comments