News
पुनम, दिपा र सपना शान्ति मिशनका लागि प्रस्थान

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबतर्फ महिला फुटबल टोलीका तीन महत्वपूर्ण सदस्य सपना लामा, पुनम जर्घा मगर र दिपा राई शान्ति मिशनका लागि प्रस्थान गरेका छन् ।
आर्मी क्लबका अनुसार यी तीनै जना मिशन अन्तरगत अफ्रिकी देश दक्षिण सुडानतर्फ प्रस्थान गरेका हुन् । उनीहरुले एक वर्ष मिशनमा बिताउने क्लबले जानकारी दियो ।
स्मरण रहोस, पुनम र दिर्पा राष्ट्रिय महिला फुटबल टोलीका पूर्व नियमित सदस्य समेत हुन् । पुनले हालै मात्र प्रतिकुल स्वास्थ्यका कारण घरमै सम्पन्न महिला साफ च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएकी थिईन् । यद्यपि यी तीन खेलाडीहरु मिशनबाट फर्केपछि क्लब फुटबललाई भने निरन्तरता दिने योजनामा छन् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै