News आर्मीको जितमा कप्तान भरतको निर्णायक गोल
गोलनेपाल

काठमाडौं । कप्तान भरत खवास निर्णायक बन्दा त्रिभुवन आर्मी क्लब जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको फेरि शिर्ष स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा मंगलबार भएको दोस्रो खेलमा आर्मीले जुझारु जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै फेरि शिर्षता कायम गर्न सफल भएको हो ।

आर्मीको जितमा दोस्रो हाफको ७३औं मिनटमा कप्तान भरत खवासले एक मात्र निर्णयक गोल गरे । खेलमा आर्मी कै बिकास खवास म्यान अफ द म्याच घोषित भए ।

यो जितपछि ९ खेलबाट २० अंक जोडेको आर्मी फेरि शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक अंक कम मच्छिन्द्र दोस्रो स्थानमा छ । स्मरण रहोस, मच्छिन्द्रले सोमबार मात्र थ्रीस्टारलाई हराउँदै शिर्ष स्थानमा कब्जा जमाएको थियो । उता पराजित जावलाखेलको भने १२ अंक छ ।

Post Comments