News
जलथल फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने
कनकाई । जलथल फुटबल क्लब यहाँ जारी हर्क राई स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतर्फ जलथलले पथरी एफसीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
त्यसअघि कनकाई नगरपालिका–२ स्थित जामनुखाडी प्राकृतिक रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा जलथलका गोलरक्षक समिर लिम्बु म्यान अफ द म्याच चुनिए ।
जलथलले अब उपाधिका लागि पौष ९ गते शनिबारका दिन फाइनलमा एपिएफ पकलीको सामना गर्ने प्रचार प्रसार संयोजक सागर गिरीले जानकारी दिए ।
जामनुखाडी स्र्पोटिङ क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा