News दोस्रो स्व. श्याम थापा स्मृति कप हुँदै
गोलनेपाल

खजुरा । जय किशन स्पोर्टस क्लब, खजुरा गाउँपालिका–१, सैनिक, बाँकेको आयोजनामा आउँदो पौष १६ गतेदेखि दोस्रो स्व. श्याम थापा स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा नेपाल र भारतका गरि कुल १४ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ ।

बाँके बर्दिया मैत्री समाज, जापानको प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २१ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments