News रोहितको टोलीको खराब प्रदर्शन जारी
गोलनेपाल

काठमाडौं । इण्डोनेसियन शिर्ष लिगमा यस सिजन खराब लयमा देखिएको रोहित चन्दको टोली पेर्सिक केडिरीले शनिबार सिजनको नवौं हार बेहोरेको छ । पेर्सिकले आफ्नो १७औं खेलमा पेर्सिस सोलोसँग १–३ को हार बेहोरेको हो ।

खेलमा शुरुवाती अग्रता बनाएर पनि पेर्सिकले त्यसलाई जोगाउन नसक्दा अन्ततः पराजित हुन पुग्यो । खेलको सातौं मिनट मै फारिस आदितमाको गोलबाट पेर्सिकले खेलमा अग्रता बनाएको थियो ।

तर १७ र ५१औं मिनटमा फर्नान्डो रोड्रिगेजले पेर्सिसका लागि लगातार दुई गोल थपे । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा र्यो मात्सुमुराले तेस्रो गोल गर्दै पेर्सिसको जित सुनिश्चित गरे ।

यो नतिजापछि १७ खेलबाट १० अंक मात्र जोडेको पेर्सिक लिगतालिकाको पुछारमा छ । उता पेर्सिस भने १९ अंकका साथ १२औं स्थानमा छ । त्यस्तै लिगतालिकाको शिर्ष स्थानमा भने १६ खेलबाट ३३ अंक जोडेको पिएसएम रहेको छ ।

 

Post Comments