News पाँचौं सरावल अध्यक्ष कप पौष १६ देखि
सुरज राना मगर

सरावल । नवलपरासी जिल्ला कै दोस्रो सर्वाधिक पुरस्कार राशी रहेको पाँचौं सरावल अध्यक्ष कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता यहि पौष १६ गतेदेखि शुरु हुने भएको छ । सरावल–१ नवलपरासी स्थित बसही रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

सरावल गाउँपालिका, नवलपरासीको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, नवलपुर, चितवन र भारतका गरी कुल १४ उत्कृष्ट टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ ।

नवलपरासीलाई लोकप्रिय खेल फुटबलको माध्यमबाट देशैभरि परिचित गराउन र फुटबल कै माध्यमबाट आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न आफूहरुले जमर्को गरेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । उनले प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न सक्दो प्रयास गर्ने पनि बताए ।

Post Comments