News बागमती र रोडस उपाधिका लागि भिड्ने
गोलनेपाल

बेशीशहर । बागमती युवा क्लब, सर्लाही र रोडस रामपुर, चितवन यहाँ जारी प्रतिष्ठित ३०औं त्रिवेणी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

त्रिवेणी रंगशालामा भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना युवा क्लब, तनहुँलाई शून्यका विरुद्ध २ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । बागमतीको जितमा सनम धिमाल र देव गुरुङले गोल गरे । खेलमा बागमतीका सुरज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा रोडस रामपुरले समाजसेवा क्लब, काठमाडौंमाथि १–० को साँघुरो अन्तरको जित निकाल्यो । रोडस रामपुरका लागि फोडे फोफोनाले गरेको एक मात्र गोल टोलीलाई उपाधि नजिक पुर्याउन प्रर्याप्त बन्यो । खेलमा रोडस रामपुरका तेजेन्द्र चौधरी म्यान अफ द म्याच घोषित भए ।

अब पौष १९ गते मंगलबार हुने फाइनलमा बागमती र रोडस रामपुर उपाधिका लागि भिड्ने छन् । त्रिवेणी युथ क्लब, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीले जनही ५०–५० हजार पाउने छन् ।

Post Comments