News वार्ड नम्बर ४ लाई प्रथम बर्दघाट वार्ड अध्यक्ष कपको उपाधि
सुरज राना मगर

बर्दघाट । यहाँ सम्पन्न बर्दघाट वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ४ ले जितेको छ । फाइनलमा वार्ड नम्बर १२ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै वार्ड नम्बर ४ च्याम्पियन बनेको हो ।

विजेता बनेको वार्ड नम्बर ४ ले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । फाइनल खेलको म्यान अफ द म्याच महेश आले मगर घोषित भए ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक निरज मल्ल घोषित हुँदा उत्कृष्ट डिफेन्डर सुजल अर्याल चुनिए । उत्कृष्ट मिडफिल्डर विज्ञान गुरुङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार सन्दिप जंग रायमाझीले प्राप्त गरे । प्रतियोगिताको उदियमान खेलाडी समर्पण गुरुङ चुनिए ।

 

Post Comments