News अभिषेक चर्च सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

बसही । अभिषेक चर्च, रजहर यहाँ जारी पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा कञ्चन–११, रुपन्देहीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अभिषेक चर्च अन्तिम चारमा प्रवेश गरेको हो ।

सरावल–१ स्थित बसही रंगशालामा भएको खेलमा अभिषेक चर्चका लागि सञ्जोग महर्जन र राज भुषालले गोल गरे । खेलमा अभिषेक चर्च कै गोलकर्ता सञ्जोग महर्जन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत पौष २५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल राष्ट्रिय युवा संघ, नवलपरासी र सुनौलो संगम युवा क्लब, बुटवलबीच हुने आयोजकले जानकारी दियो ।

सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल पौष ३० गतेका दिन हुनेछ ।

Post Comments