News स्व. दिलिप राणा स्मृति चौथो चितवन भेट्रान कप माघ अन्तिम सातादेखि
गोलनेपाल

भरतपुर । चितवन भेट्रान क्लब, भरतपुर–७, चितवनको आयोजनामा आउँदो माघ २८ देखि फागुन ४ गतेसम्म स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ ।

भरतपुर १० स्थित गेष्टहाउस चौरमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल १६ क्लबहरुको सहभागीता रहने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दियो । जसमा आयोजक चितवन भेट्रानको रातो र निलो गरी दुई टिम हुनेछन् । त्यस्तै नेपालका अन्य १२ र भारतको देहरादुन र कोलकाताका दुई टोलीहरुले सहभागिता जनाउने छन् ।

सहभागी टिमहरुलाई दुई समूहमा बिभाजन गरिने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । विजेताले उपाधिसहित १ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि सुरु भईसकेको क्लबका सचिव भरत सुवेदीले बताए । स्व दीलिप राणा चितवन कै पूर्व स्थानीय खेलाडी समेत हुन् । उनकै स्मृतिमा चितवन भेट्रानले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Post Comments