News संघर्षपुर्ण जितका साथ युवा संघ सेमिफाइनलमा
सुरज राना मगर

बसही । संघर्षपुर्ण जितका साथ युवा संघ नेपाल, नवलपरासी यहाँ जारी पाँचौं सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा युवा संघले सुनौलो संगम युवा क्लब, बुटवललाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

सरावल–१ स्थित बसही रंगशालामा भएको निर्धारित समयको खेलमा युवा संघका लागि सुरेश कुमालले गोल गरेका थिए भने सुनौलो संगमका लागि अनुप गुरुङ गोल गरेका थिए ।

खेलमा युवा संघका गोलरक्षक राहुल मुखिया म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष २६ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल नेपालगञ्ज–११ र न्यु हिउचुली क्लब, बोहिया बीच हुने आयोजकले जानकारी दियो ।

सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१ बसही, नवलपरासीको सह–आयोजना र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल पौष ३० गतेका दिन हुनेछ ।

Post Comments