News नेपालगञ्ज–११ सेमिफाइनलमा
सुरज राना मगर

बसही । रोमाञ्चक जितका साथ नेपालगञ्ज–११ यहाँ जारी पाँचौ सरावल अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा न्यु हिउचुली क्लब, बोहियालाई सडन डेथमा हराउँदै नेपालगञ्ज अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि सरावल–१ स्थित बसही रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा नेपालका लागि निरज चौधरीले गोल गरे भने हिउचुलीका लागि सुवास ठकुरीले गोल गरेका थिए । त्यसपछि टाईब्रेकरमा पनि नतिजा ननिस्किएपछि सडन डेथमा नेपालगञ्जले नतिजा ४–३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा नेपालगञ्जका गोलरक्षक प्रदिप भण्डारी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष २७ गते बुधबारको पहिलो सेमिफाइनल खेल अभिषेक चर्च, रजहर र नेपालगञ्ज–११ बीच हुनेछ ।

सरावल गाउँपालिकाको आयोजना तथा श्री बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष ३० गतेका दिन हुनेछ ।

Post Comments