News संकटामा आवद्ध भए मनिष
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य तथा चर्चित विंगर मनिष डाँगी नयाँ सिजनका संकटा क्लबमा आवद्ध भएका छन् । संकटाले आफ्नो सामाजिक सञ्जालमार्फत मनिषलाई अनुवन्ध गरेको कुरा घोषणा गरेको छ ।

नयाँ सिजनका लागि संकटामा आवद्ध भए पनि उनको पारिश्रमिक र सम्झौता अवधीबारे विस्तृत खुलाइएको छैन । मनिषले गत सिजन मच्छिन्द्रका लागि खेल्दै लिग उपाधि समेत जितेका थिए । उनी केही महिना अघि बहराइनी क्लब इतिहाद अल रीफ क्लबमा रहेर पनि व्यवसायी फुटबल खेलेका थिए ।

त्यसबाहेक संकटाले गत सिजन जावलाखेलका लागि खेलेका अनुभवी डिफेन्डर कुलदिप कार्कीलाई पनि अनुवन्ध गरेको छ । कार्कीले हालै पोखरामा सम्पन्न २२औं आहा! रारा पोखरा गोल्डकप संकटाका लागि खेल्दै उपाधि पनि जितेका थिए ।

स्मरण रहोस, संकटाले नयाँ सिजनका लागि आफ्नो प्लेइङ सेटलाई थप बलियो बनाउने योजनालाई तीव्रता दिईरहेको छ । र क्लबले राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यहरु सुनिल बल, सुरज जियु ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, टिकेन्द्र थापा जस्ता खेलाडीहरुलाई पनि अनुव्ध गरिसकेको छ ।

 

 

Post Comments