News नवयुग युथ क्लब सेमिफाइनलमा
गोलनेपाल

चैनपुर । तेस्रो मिनी खेलकुद महोत्सव अन्तरगत स्व. सुर्य बहादुर सोम्याहाङ्ग स्मृति खुला नकआउट फुटबल प्रतियोगितामा नवयुग युथ क्लबले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलमा नवयुगले आयोजक किरण ज्योती क्लबलाई टाईब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

टाईब्रेकरमा भने नवयुगले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यो जितसँगै नवयुग युथ क्लब प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।

श्री किरण ज्योती क्लव चैनपुर –१०, खराङ्ग खाल्टे, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments