News २४औं माडी गोल्डकपको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
गोलनेपाल

बसन्तपुर । गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार, चितवनको आयोजनामा हुन गईरहेको २४औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

माडी–३, चितवन स्थित बसन्तपुर बजारको खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा माघ ७ गतेका दिन केबिए ग्लोबल भरतपुर एफसी, भरतपुर र बिरगंज युथ एकेडेमी, बिरगंज भिड्ने छन् ।

कुल आठ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल माघ १४ गतेका दिन हुनेछ । माडी नगरपालिका, चितवन मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नविन बस्याले बताए ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको संयोजक बस्यालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments