News सुदुरपश्चिम खप्तड गोल्डकप फागुन ९ गतेदेखि, प्रथम पुरस्कार २१ लाख !
गोलनेपाल

सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो सस्करण फागुन ९ गतेदेखि आयोजना हुने भएको छ । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ ।

फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजकले जनाएको छ । चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेपछि आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब प्रतियोगिताको तयारीमा समेत जुटेको छ ।

प्रतियोगिता सञ्चालनमा लागि विभिन्न उपसमिति बनाइएको जानकारी क्लबका अध्यक्ष सुरेश हमालले दिए । प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए । दुई विदेशी सहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरुस्कार प्रदान गरिने छ । फिफा र एन्फाको नियम अनुसार खेल नकआउट चरणमा खेलाईने छन् ।

१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ ।।

यसपालीको गोल्डकपको नाम प्रतियोगिताको नाम चौथो नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप—२०७६ रहनेछ । मसख्य प्रायोज सम्बन्धी सम्झौतामा क्लबका तर्फवाट अध्यक्ष सुरेश हमाल र सिजी व्रुअरीका तर्फवाट रिजनल सेल्स म्यानेजर मनोज घिमिरेले सम्झौता गरे । प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप सगरमाथा सिमेन्ट रहेको छ । त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ रहेको छ ।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।

Post Comments