News मिरमिरे फाइनलमा, उपाधिका लागि फोकस–१६ सँग भिड्ने
जनम बराल

चैनपुर । मिरमिरे युवा क्लब, तामाफोक मिनी खेलकुद महोत्सव अन्तरगत यहाँ जारी स्व.सुर्य बहादुर सोम्याहाङ स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

चैनपुर–१०, खराङ्ग खाल्टे स्थित स्थानीय खेलमैदानमा भएको ख ेलमा मिरमिरेले सिद्धार्थ युवा समाज, मोरङलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । अब मिरमिरेले उपाधिका लागि फोकस–१६ कलब, धरानसँग फाइनलमा भिड्नेछ ।

श्री किरण ज्योती क्लब, चैनपुर–१०, खराङ्ग खाल्टे, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments