News प्रथम हिमालय ब्रुअरी तथा १२औं बगर भाई खलक भेट्रान कपको सेमिफाइनल समिकरण पूरा
उमेश पुन

पोखरा । यहाँ जारी प्रथम हिमालय ब्रुअरी प्रा.लि. तथा १२औं बगर भाई खलक भेट्रान कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिता अन्तरगत शुक्रबार भएका खेलहरुको समापनसँगै दिप युनाइटेड, फ्रिडम फाइटर ए, ठमेल ११ र थापागाउँ भेट्रान सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

शुक्रबार भएको क्वाटरफाइनल खेलतर्फ ठमेल भेट्रानले बुटवल भेट्रानलाई १–० ले हरायो । ठमेलका लागि सागर थापाले एक मात्र निर्णायक गोल गरे । खेलमा ठमेलका टासी छिरिङ्ग म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को क्वाटरफाइनलमा दिप युनाइटेडले चितवन भेट्रानलाई समान १–० को अन्तरले हरायो । खेलमा दिप युनाइटेडका अर्जुन कुमार गुरुङ्गले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता गुरुङ्ग नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यसैगरी थापागाउँ भेट्रानले हेटौडा भेट्रानलाई टाईब्रेकरमा ३–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा थापागाउँका शशि रिमाल म्यान अफ द म्याच घोषित भए ।

अन्तिम क्वाटरफाइनलमा फ्रिडम फाईटर ए ले गार्डेन एफसी भेट्रानलाई २–० ले हराएर सेमिफाइनलमा प्रवेश गर्यो । फ्रिडम फाइटरका लागि राजकुमार घिसिङ्ग र विकर्ण श्रेष्ठले गोल गरे । खेलमा राजकुमार घिसिङ्ग म्यान अफ द म्याच घोषित भए ।

बगर भाई खलक, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल २४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ ८ गतेका दिन हुनेछ ।

Post Comments