News राइजिङ्ग स्टार क्वाटरफाइनलमा
सुरज राना मगर

नर्सही । राइजिङ्ग स्टार, भुमही यहाँ जारी तेस्रो सुस्ता अध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलतर्फ राइजिङ्ग स्टारले विनयी त्रिवेणी, त्रिवेणीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

सुस्ता गाउँपालिका–४ नर्सही स्थित स्थानीय मैदानमा भएको खेलमा राइजिङ्गका प्रदिप चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ १३ गतेको खेल गौतम बुद्ध सामुदायिक प्रतिष्ठान, बर्दघाट र अभिषेक चर्च, रजहर बीच हुने खेल संयोजक समराज गुरुङ्गले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा वार्ड नम्बर ४ को कार्यालय, नर्सहीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ २१ गतेका दिन हुने संयोजक गुरुङ्गले बताए ।

Post Comments