News एडभान्स र इटहरी हाङथुम कपको सेमिफाइनलमा
गोलनेपाल

मुलखर्क । एडभान्स क्लब मानेभञ्ज्याङ र इटहरी फुटबल क्लब यहाँ जारी ४४औं हाङथुम कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मादी नगरपालिका–३ मुलखर्क स्थित स्थानीय खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलमा एडभान्सले धनकुटा जिल्ला फुटबल संघलाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।

त्यस्तै तेस्रो क्वाटरफाइनलमा इटहरीले मिरमिरे युवा क्लबलाई ४–२ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । प्रतियोगिता अन्तरगत माघ १४ गतेको अन्तिम क्वाटरफाइनल खेल न्यु युवा क्लब, संखुवासभा र नेपाल पुलिस क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

हाङथुम क्लब, मादी नगरपालिका–३ मुलखर्क, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ १६ गतेका दिन हुनेछ ।

Post Comments