News दुधौली मेयर कपः वार्ड नम्बर ७ को जित
गोलनेपाल

दुधौली । यहाँ जारी दुधौली मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर ७ ले साँघुरो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दुधौली स्थित बहुमुखी क्याम्पस खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ७ ले वार्ड नम्बर २ लाई शून्यका विरुद्ध १ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिता अन्तरगत माघ १८ गते बुधबारको प्रिक्वाटरफाइनल खेल वार्ड नम्बर १० र वार्ड नम्बर ४ बीच हुने आयोजकले जानकारी दियो ।

दुधौली नगरपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ २३ गतेका दिन हुनेछ ।

 

Post Comments