
खाम्लालुङ (तेह्रथुम) । आठराई गाउँपालिका २ स्थित खाम्लालुङमा आजदेखि सुरु गजेन्द्र इस्वो स्मृति रनिङ कप फुटबल प्रतियोगितामा आठराई, हाङपाङ र ग्रामीण विकास युवा समाज विजयी भएका छन् ।
कालिका आधारभूत विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा आठराई गाउँपालिकाले इस्वो स्वयङलाई ३-१ गोलले पराजित गर्यो । आठराईको जितमा रोशन इङनाम, युगल चोङबाङ र सुनिल चोङबाङले गोल गरे भने इश्वो स्वयङका लागि सुवत इस्वोले सान्त्वना गोल गरे ।
दोस्रो खेलमा ग्रामीण विकास युवा समाजले आयोजक खाम्लालुङलाई १-० गोलले पराजित गर्यो । ग्रामीण विकासको जितमा देवेन्द्र राईले निर्णायक गोल गरेका हुन् ।
आजको अन्तिम खेलमा युनाइटेड हाङपाङ क्लब विजयी भयो । उसले फेदाप गाउँपालिकालाई ३-० गोलले पराजित गरेको हो । युनाइटेड हाङपाङका लागि कुमार तामाङले २ गोल र समिर गुरुङले १ गोल गरे ।
आठराई गाउँपालिका र २ नम्बर वडा कार्यालयको संयुक्त आयोजना तथा खाम्लालुङ खेलकुद विकास समिति हङकङको व्यवस्थापन रहेको प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाख पाउने छ । पुरुषतर्फ १२ टिम सहभागी छन् ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न