News राईजिङ्ग स्टार सुस्ता अध्यक्ष कपको फाइनलमा
सुरज राना मगर

नर्सही । राईजिङ्ग स्टार, भूमही यहाँ जारी तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्यु हिउचुली युवा क्लब, बोहियालाई शुन्यका विरुद्ध २ गोलले हराउँदै राईजिङ्ग उपाधि नजिक पुगेको हो ।

सुस्ता–४ स्थित स्थानीय खेलमैदानमा भएको खेलमा राईजिङ्गका लागि दिलिप चौधरी र सन्जु रानाले गोल गरे । खेलमा राईजिङ्ग कै गोलकर्ता दिलिप चौधरी म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ १९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक सुस्ता–११ र अभिषेक चर्च रजहरबीच हुने खेल संयोजक समराज गुरुङ्गले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा सुस्ता–४ को वार्ड कार्यालय, नर्सहीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार पाउने समेत संयोजक गुरुङ्गले बताए । कुल १२ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेल यही माघ २१ गतेका दिन हुनेछ ।

Post Comments