News रुपन्देही–११ सुर्यनगर गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

सुर्यनगर । प्रतिस्पर्धात्मक जितका साथ रुपन्देही–११ जारी सातौं सुर्यनगर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको प्रिक्वाटरफाइनलतर्फ रुपन्देहीले सेन्ट्रल कलेज रडस एफसी, चितवनलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

खेलमा रुपन्देहीका हिमाल थापा म्यान अफ द म्याच घोषित भए । उनलाई रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनद्वले नगद ३ हजार र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत माघ २७ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल अभिषेक चर्च, रजहर र कन्ट्रीसाईड एकेडेमी, भक्तपुरबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा क्लब, बर्दघाट–१६, नवलपरासीको आयोजना जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । बर्दघाट नगरपालिकाको संरक्षकत्व रहेको प्रतियोगिताको फाइनल खेल भने फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments