News साफ यु–१८ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने
गोलनेपाल

भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेशले आयोजक भुटानलाई ४–० ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । समूह चरणतर्फ एकै समूहमा रहेका नेपाल र बंगलादेशबीचको खेलमा नेपाल १–२ ले पराजित हुन पुगेको थियो ।

शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले दावेदार भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो । फाइनल खेल नेपाल र बंगलादेशबीच आइतबार चाङलिमिथाङ स्टेडियममा हुनेछ ।

Post Comments