News कन्ट्री साईड सुर्यनगर गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

सुर्यनगर । साँघुरो जितका साथ कन्ट्रीसाईड एकेडेमी, भक्तपुर जारी सातौं सुर्यनगर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ कन्ट्रीसाईडले अभिषेक चर्च, रजहरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको खेलमा कन्ट्रीसाईडका लागि हार्दिक भण्डारीले एक मात्र निर्णायक गोल गरे ।

खेलमा म्यान अफ द म्याच भने कन्ट्रीसाईड कै गोलरक्षक कुमार गुरुङ्ग घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २८ गते शनिबारको अन्तिम प्रिक्वाटरफाइनल खेल वालिङ युनाइटेड, स्याङ्जा र आयोजक नव युवा क्लब, सुर्यनगरबीच हुने खेल संयोजक भरत गुरुङ्गले जानकारी दिए ।

नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments