News केपी ओली कपको उद्घाटन खेलमा सातदोबाटो र पुलिस भिड्ने (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि शुरु हुन गईरहेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

सातदोबाटो स्थित एन्प्mा कम्प्लेक्समा हुने प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने तय भएको छ । खेलतालिकामा उल्लेख भए अनुसार सेमिफाइनलसम्मका खेलहरु एन्फा कम्प्लेक्समा हुनेछन् । फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा आयोजकको एक टोली र सात ए डिभिजन क्लबहरु गरी कुल ८ टोलीहरुले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री केपी ओलीको नाममा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने फागुन १७ गतेका दिन हुनेछ ।

Post Comments