News
उत्कृष्ट जितका साथ बागमती सेमिफाइनलमा

सुर्यनगर । बागमती युवा क्लब, सर्लाही यहाँ जारी सातौं सुर्यनगर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुर्यनगर रंगशालामा सोमबार भएको दोस्रो क्वाटरफाइनलमा बागमतीले रुपन्देही–११ माथि ४–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । खेलमा बागमतीका अनिल राना मगर म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत फागुन २ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल कन्ट्रीसाईड क्लब, भक्तपुर र एपिएफ क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
नवयुवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ७ गतेका दिन हुनेछ ।
Post Comments