News एपिएफ सुर्यनगर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

सुर्यनगर । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब यहाँ जारी सातौं सुर्यनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा एपिएफले कन्ट्रीसाईड एकेडेमी, भक्तपुरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपिएफले अब पहिलो सेमिफाइनलतर्फ फागुन ४ गतेका दिन हरिवन युवा क्लब, सर्लाहीसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत फागुन ३ गते बुधबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक नवयुवा क्लब, बर्दघाट र चित्लाङ्ग एफसी, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

नवयुवा क्लब, बर्दघाट–१६, नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments