News तेस्रो स्व. कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप हुने
गोलनेपाल

बिर्तामोड । तेस्रो स्व. कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा यही फागुन १५ गतेदेखि शुरु हुने भएको छ । दुधे रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा रहेको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाउने छन् । दुधे भेट्रान क्लब, झापाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । स्मरण रहोस, प्रतियोगिताको दोस्रो संस्करण जदाहा भेट्रान, मोरङले जितेको थियो ।

Post Comments