News लिगको प्रसारण अधिकारबारे एन्फा र एमडीएसीबीच सम्झौता
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ए, बी र सी डिभिजनको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल तथा टिकेटिङ अधिकारबारे एमडीएसी स्पोर्टस प्रा.लि.सँग सम्झौता गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको सम्झौता कार्यक्रममा एन्फाको तर्फबाट महासचिव किरन राई तथा एमडीएसीको तर्फबाट सिइओ अर्जुन घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतावापत एमडीएसीले एन्फालाई १ करोड ९७ लाख उपलब्ध गराउनेछ । साथै लिगको सर्वाधिकार एमडीएसीमा निहित रहने पनि तय भएको छ ।

सम्झौताअनुसार लिगका खेलहरु एमडीएसीको स्वामित्वमा रहेको स्पेस फोरके टेलिभिजन र यसको आधिकारिक अनलाईन प्लेटफर्मले प्रत्यक्ष प्रसारण गर्नेछ ।

स्मरण रहोस, बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिग यही फागुन १९ गतेदेखि शुरु हुँदैछ । डबल राउण्ड रोबिनका आधामार हुने लिग यसपटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स मैदान र च्यासल स्टेडियम गरी तीन फरक स्थानहरुमा हुनेछन् ।

Post Comments