News प्रधानमन्त्री थ्री नेसन कप चैत्र पहिलो सातादेखि (पूर्ण पत्रसहित)
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना तीन देश सम्मिलित प्रधानमन्त्री थ्री नेशन कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले उक्त प्रतियोगिताबारे निर्णय र जानकारी गराएको हो ।

चैत्र ६ देखि १७ गतेसम्म दशरथ रंगशालामा चल्ने प्रतियोगितामा नेपालसहित लाओस र भुटानले सहभागिता जनाउने छन् । साथै प्रतियोगिताको टिकटदर सामान्यतर्फ ५ सय र भिआईपीतर्फ १ हजार रहने पनि एन्फाले जनाएको छ ।

त्यस्तै एन्फाले नेपाल मै हुने एएफसी महिला ओलम्पिक छनौट र थ्री नेशन कपका लागि मार्केटिङ तथा डिजिटल राईटका लागि एक मुष्ठ टेण्डर आह्वान गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ । ओलम्पिक छनौटका खेलहरु भने चैत्र २० देखि २८ गतेसम्म हुनेछ । जसमा नेपालसहित भियतनाम र अफगानिस्तानले सहभागिता जनाउने छन् ।

ओलम्पिक छनौटका खेलहरुको टिकटदर सामान्यतर्फ ३ सय र भिआईपीतर्फ १ हजार तोकिएको पनि एन्फाले जानकारी दियो ।

त्यस्तै जिल्ला लिगदेखि विभिन्न उमेर समूहका फुटबल प्रतियोगिता तथा फुटबल गतिविधीबारे पनि एन्फाको बैठकले विभिन्न निर्णयहरु गरेको छ । एन्फाका निर्णयहरु विस्तृत रुपमा तल पढ्नुहोस् ।

 

Post Comments