News
प्यालेस्टाईन जाने यु–२० महिला फुटबल टोलीको विदाई
काठमाडौं । अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० महिला एसियन कपको छनौट प्रतियोगिता खेल्न जाने नेपाली यु–२० महिला फुटबल टोलीको विदाई गरिएको छ । आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरि टोलीको विदाई गरिएको छ ।
यही फागुन २४ देखि २८ गतेसम्म प्यालेस्टाईनमा हुन गईरहेको छनौट प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । जहाँ नेपाली टोलीले आयोजक प्यालेस्टाईन र नर्दन मारियाना आईल्याण्डसँग प्रतिस्पधाृ गर्नेछ ।
नेपालले आफ्नो पहिलो खेल फागुन २४ गतेका दिन प्यालेस्टाईनसँग खेल्नेछ भने दोस्रो खेल फागुन २८ गतेका दिन नर्दन मारियाना आइल्याण्डसँग खेल्ने कार्यक्रम छ ।
समूहको शिर्ष स्थान हासिल गर्ने टोली छनौट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)